गृहमन्त्रीलाई दुर्गा प्रसाईंको च्यालेन्ज- फोटो सार्वजनिक गरेरै छोड्छु

गृहमन्त्रीलाई दुर्गा प्रसाईंको च्यालेन्ज- फोटो सार्वजनिक गरेरै छोड्छु

मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंले तस्करहरुको फोटो सार्वजनिक गर्ने आफ्नो पूर्वनिर्धारित कार्यक्रम नरोकिने बताएका छन् । गृहमन्त्री रवि लामिछानेले फोटो सार्वजनिक नगर्न दबाब दिएको खुलासा गर्दै उनले सो भनाई राखेका हुन् । 

आज गृहजिल्ला झापाबाट काठमाडौँ फर्किनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, तर फोटो सार्वजनिक गर्छु, यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

गृहमन्त्री लामिछानेले रोक्ने प्रयास गरे बिद्रोह गर्ने चेतावनी दिएका प्रसाईले पत्रकार सम्मेलनबाटै आगामी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । उनले चैत २२ गते जुम्ला, र २४ गते दाङमा कार्यक्रम गर्ने जानकारी दिए । 

त्यसक्रममा प्रसाईंले आफूलाई सरकारले हतियार राख्न स्वीकृति दिएको बताउँदै राज्यको जुनसुकै स्थानमा लैजान मिल्ने ठोकुवा गरे । आफ्नो हतियार सात दिनभित्र फिर्ता नगरे मुद्दा हाल्ने उनले चेतावनी दिए । 

 'हामीलाई पुलिस प्रसासनदेखि विश्वास लाग्दैन । नक्कली नोटको यहाँ किनबेच हुन्छ । मेरो स्वकीय सचिवलाई यिनीहरुले समातेको छ । यिनीहरुकै बाउ मेरो हातमा छ । पुलिसका हैसियत हामीलाई थाहा छ', उनले चुनौती दिँदै भने, 'हतियार भनेको लुकाएर राख्नलाई हैन यो त परेको ठाउँमा उपयोग गर्ने हो । मेरो हतियार ७ दिनभित्रमा फिर्ता नदिए म मुध्दा हाल्छु । मेरो हतियार लाईसेन्स प्राप्त हो ।'
 

टिप्पणीहरू