‘सुनभन्दा नुन महँगो’ भन्दै संसदमा गुनासो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद विना लामाले दुर्गम जिल्लामा अझै पनि नुनको सहज आपूर्ति हुन नसकेको गुनासो गरेकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाल्दै उनले मुगुका जनताले घण्टौ हिँडेर सदरमुकाम पुग्दा पनि नुन नपाएको बताइन् । एक प्याकेट नुनका लागि नागरिकताको फोटोकपी बुझाउनुपर्ने अवस्था रहेको जनाउँदै सांसद लामाले सरकारको ध्यानाकर्षण गराइन् ।
‘हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासोहरू आइरहेको छ । स्थानीय गाउँपालिकामा नुनका तीन वटा डिपोहरू छन्, तर त्यहाँ नुन पाइँदैन’, उनले भनिन्, ‘घण्टौँ हिँडेर सदरमुकाम जान्छन् तरपनि नागरिकताको फोटोकपी बुझाएपछि बल्ल नुन पाइन्छ, त्यो नपाउन पनि सकिन्छ । मुगुमा तुरुन्त नुनको व्यवस्था गरियोस् ।’
दुर्गम भेगका जनताको लागि सुनभन्दा नुन महंगो भएको सांसद लामाको भनाई छ ।
टिप्पणीहरू