उपकुलपतिका लागि ११ वटा निवेदन, १० जना ‘सर्ट लिस्ट’मा

उपकुलपतिका लागि ११ वटा निवेदन, १० जना ‘सर्ट लिस्ट’मा

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये दश जना ‘सर्ट लिस्ट’ मा परेका छन् । 

उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका ११ जनामध्ये प्रस्तुतीकरणका लागि वर्णानुक्रमअनुसार दश जनाको नाम सार्वजनिक गरेको हो । जसमा कविप्रसाद पोखरेल, केशरसिंह राना, देवबहादुर खड्का, ध्रुवबहादुर गौतम, नन्दबहादुर सिंह, विनयकुमार मिश्र, भोलानाथ शर्मा घिमिरे, मुकुन्द प्रकाश क्षेत्री, यमबहादुर कार्की र शोभाकर कँडेल छन् ।

सर्ट लिस्टमा परेकाहरुले चैत २७ गतेभित्र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको सचिवालयमा आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने छ ।

टिप्पणीहरू