रवि र राई मिल्दा डिएसपी बढुवामा आनका तान

रवि र राई मिल्दा डिएसपी बढुवामा आनका तान

गृह मन्त्रालयमा 'रवि राज' र प्रहरी हेडक्वार्टरमा 'राई राज' मौलाएपछि डिएसपी बढुवा भद्रगोल भएको छ । 

नेपाल प्रहरीमा २०७० सालकोका १ सय ४८ इन्स्पेक्टरमध्ये ६९ जनालाई फेरि पनि उही दर्जामा थन्क्याउँदै बुधबार मध्यराति १९ जनाको बढुवा सिफारिस प्रकाशित भएको छ । यसअघि ४६ को बढुवा भइसकेको थियो ।

एक त दरबन्दीभन्दा अत्यधिक दावेदार, त्यसमाथि वरिष्ठतालाई कुल्चिने होडबाजीमा गृहमन्त्री रवि लामिछानेका पिए दीपक बोहरादेखि पत्नी निकिता पौडेलसम्म सक्रिय भएको आरोप छ । राति गृह मन्त्रालयमा बढुवाको नम्बर मिलाउन थालेपछि हेडक्वार्टरस्थित प्रशासनका एआइजी टेकप्रसाद राईले पनि आफ्ना राई बन्धु घुसाइदिएका छन् । 

"रविका पिए बोहराले धनबहादुर र शैलेश्वरी बोहराको नाममा जबर्जस्ती गरेको र पत्नी निकिताले दर्जन बढी सिफारिस पठाएकोमा आधाभन्दा बढी पर्ने भएपछि एआइजी राईले भिषणबाबु राई,राजन लामासहितलाई नम्बरबाट तानेर बढुवा दिलाएका छन् ।"

रविका पिए बोहराले धनबहादुर र शैलेश्वरी बोहराको नाममा जबर्जस्ती गरेको र पत्नी निकिताले दर्जन बढी सिफारिस पठाएकोमा आधाभन्दा बढी पर्ने भएपछि एआइजी राईले भिषणबाबु राई,राजन लामासहितलाई नम्बरबाट तानेर बढुवा दिलाएका छन् । 

प्रधानमन्त्रीको सचिवालयबाट लक्ष्मण ओलीको नाम गएपछि निकिताको सिफारिससमेत काटेर उनलाई बढुवा दिनुपर्ने अवस्था आएको स्रोतले जनाएको छ । 

(हेर्नुस् सूची)

टिप्पणीहरू