माओवादीका महरा मुख्यमन्त्री नियुक्त, पर्सि सपथ

माओवादीका महरा मुख्यमन्त्री नियुक्त, पर्सि सपथ

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले आज अपराह्न उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

संविधाको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका महरालाई माओवादीसहित नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थन छ । मुख्यमन्त्रीको सपथ भने आइतबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

टिप्पणीहरू