दाहालको छोरी बिहे गर्दा प्रधानमन्त्रीको सधैं दाहिना

दाहालको छोरी बिहे गर्दा प्रधानमन्त्रीको सधैं दाहिना

सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीलाई हेडक्वार्टरमा तानिएको छ । एक पटक सुध्रिने मौका दिँदा पनि अटेरी गरेपछि उनलाई जिल्लाबाट मुख्यालय तानिएको बताइन्छ । 

प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डको नाम भजाएर सशस्त्रभित्र सँधै मस्ती गर्दै आएका दर्शन गिरीलाई धनुषाबाट काठमाडौं फर्काइएको हो । इन्सपेक्टरदेखि एसपी हुँदासम्म उनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालको नाम र थरलाई राम्रैसङ्ग भजाएको हल्चोकभरी हल्ला छ ।

भारतीय सीमाना नजिकैका बिओपीमा भएका कमी कमजोरीप्रति अनुगमन र नियमनको जिम्मेवारीमा बसेका जिल्ला प्रमुख स्वयम पानी माथिको ओभानो बन्दै गएको कारण उनलाई तान्नु परेको सशस्त्र स्रोतको भनाइ छ । पहिले सबैजसो काममा बिओपीलाई जिम्मेवार बनाएर उनी साखुल्ले बन्दै आएका थिए । 

दर्शनले डिएसपी हुँदा सिराहा र रसुवामा बसेर कुस्त कमाएको स्वयं गङ्गा दाहाललाई प्रष्ट जानकारी छ । अप्ठेरो पर्दा प्रचण्डको नाम बेच्ने र खुमलटारबाटै सोर्सफोर्स लगाउने गरेको उनका समकालीनहरु बताउँछन् ।

केही दिन पहिले एउटा बिओपी सामुन्ने चार पाँच वटा मोटरसाइकलमा राखेर पारिबाट ल्याइएका सामान समातिएको थियो । पटक पटक बिओपीमा कमजोरी भएको पाइएपछि जिल्लाको कमाण्ड गर्नेले राम्रोसँग जिम्मेवारी निर्वाह नगरेको भन्दै गिरीलाई हलचोकमा बोलाएर राम्रैसँग झाँको झारिएको स्रोतको दाबी छ । उनलाई ‘अब आइन्दा कामप्रति जिम्मेवार हुने कि नहुने भनेर हाकिमहरुले र्याख्र्याख्ती पार्नुभएको थियो । उसले हुन्छ,गर्छु पनि भनेको हो । तर, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा हाले पनि उस्तै भनेझैँ धनुषा फर्केपछि उनको काममा कुनै सुधार नआएकाले तानिएको हो ।’

गृहमन्त्री फेरिनासाथ एकसरो सिमानाका प्रमुखहरुलाई बोलाएर कडा निर्देशन दिइएकोमा उनी मात्रै फेरि लगत्तै  झिकाइएका हुन् ।  सिरहाबाहेक अरु ११ जिल्लाका गणपति भने यसअघि नै आएर गैसकेका छन् । 

दर्शनले डिएसपी हुँदा सिराहा र रसुवामा बसेर कुस्त कमाएको स्वयं गङ्गा दाहाललाई प्रष्ट जानकारी छ । अप्ठेरो पर्दा प्रचण्डको नाम बेच्ने र खुमलटारबाटै सोर्सफोर्स लगाउने गरेको उनका समकालीनहरु बताउँछन् । बढुवामा कनिष्ठ हुँदाहुँदै पनि उनलाई राम्रैसँग माथि तानिएको थियो । 

नेपाली काँग्रेसका उपसभापति  पूर्णबहादुर खड्कालाई अंकल भन्ने सुर्खेतका गिरीको ससुराली चितवन हो । उनले चितवनको दाहालकी छोरी बिहे गरेपछि प्रधानमन्त्रीलाई ससुरा र परिवारलाई ससुरालीको नाता लगाउँदै आजसम्म काम फत्ते गर्दै आएको सशस्त्रका एक जना पूर्व अतिरिक्त महानिरीक्षकले बताए ।

टिप्पणीहरू