यौटा मन्त्रालयमा एस र स्वतन्त्रको आलोपालो
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् । उनले दिउँसो पौने २ बजे शपथ गर्ने र पाँँच सदस्यीय मन्त्रिमण्डल बनाई एक सातापछि विस्तार गर्ने योजना छ ।
नेपाली काँग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा अस्ति नियुक्त भएका हुन् । हिजो दिनभरको रस्साकस्सीपछि मन्त्रालय भागबण्डामा लगभग सहमति जुटेको बुझिएको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन,एमालेले पाँच,जनता समाजवादी पार्टीले दुई मन्त्रालयको नेतृत्व गर्ने छन् । नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले भने पालैपालो नेतृत्व गर्नेगरी एउटा मन्त्रालय भाग लगाइएको छ । नागरिक उन्मुक्ति पार्टीको बारेमा निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई दिइएको छ ।
टिप्पणीहरू