पूर्व पञ्चहरु व्यवस्था बदल्न सडक तताउँदै

पूर्व पञ्चहरु व्यवस्था बदल्न सडक तताउँदै

पर्सिदेखि शुरु हुने बृहत् आन्दोलनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचारप्रसार थालेको छ । पार्टीको नागार्जुन नगर कमिटीले आज स्वयम्भूस्थित कारखाना चोकबाट ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने नारासहित आन्दोलनको प्रचारप्रसार थालेको हो । 

समितिका अध्यक्ष ध्रुवप्रसाद खनालको नेतृत्वममा बिहान सवा ८ बजेबाट शुरु भएको र्याली सीतापाइला,बाफल,स्युचाटार,गोदाम थोक,फस्कु,नागार्जुन हुँदै कारखाना चोक नै पुगेर समापन भएको छ । 

र्यालीमा पूर्वमन्त्री एवं राप्रपा बागमती प्रदेश इन्चार्ज विक्रम थापा, सहमहामन्त्री प्रकाश रिमाल, बागमतीसभा सदस्य उद्वव थापा, नागार्जुन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष महेश रिमाललगायत झण्डै छ दर्जनको सहभागिता थियो । 

पूर्वपञ्चहरुको पार्टी राप्रपाले मंगलबारदेखि बृहत् आन्दोलन गर्दैछ । राजसंस्थासहित हिन्दु राष्ट्र पुनर्स्थापना र प्रदेश खारेजीका लागि जनदबाब सिर्जना गर्न पार्टीले आन्दोलन गर्न लागेको हो ।
 

टिप्पणीहरू