गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी, दिपक मनाङ्गेको पनि समर्थन

गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी, दिपक मनाङ्गेको पनि समर्थन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । बहुमत सांसदको हस्ताक्षरसहित उनले आज प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका हुन् । 

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै अल्पमतमा परेका यसअघिका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए । 

अधिकारीलाई एमालेका २२, नेकपा माओवादीका (सभामुखसहित) ८ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)को समर्थन रहेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

टिप्पणीहरू