‘राजा’ सम्बोधन गर्दै शोभा पाठकले मागिन् महेश बस्नेतसँग नागरिकता र पासपोर्ट

‘राजा’ सम्बोधन गर्दै शोभा पाठकले मागिन् महेश बस्नेतसँग नागरिकता र पासपोर्ट

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले आफ्नो नागरिकता र पासपोर्ट फिर्ता गरिदिन आग्रह गरेकी छन् । 

पटक–पटक फोन गर्दा पनि बस्नेतसँग सम्पर्क हुन नसकेको जनाउँदै उनले फेसबुकबाट आफ्नो डकुमेन्ट फिर्ता मागेकी हुन् । बस्नेतसँग डोलेश्वर मन्दिर परिसरमा खिचिएको फोटो फेसबुकमा सेयर गर्दै शोभाले लेखेकी छन्, ‘मलाई मेरो पासपोर्ट, नागरिकतालगायत सबै डकुमेन्ट चाहिएको छ । तपाईं कहाँ हुनुहुन्छ । मेरो फोन नउठाएर बस्न मिल्दैन तुरुन्त मलाई मेरो डकुमेन्ट उपलब्ध गराइदिनु । मानवीयता भन्ने कुरा हुनुपर्छ । राजासाव । अति गर्नु अत्याचार नगर्नु’, उनले लेखेकी छन् । 

लामो समय ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेको भनिएका यी दुईबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । बस्नेतले ‘गुण्डा’ लगाएर आफूलाई आक्रमण गरेको आरोप लगाएकी शोभाले सार्वजनिकरुपमै आफू कानुनी लडाईंमा जाने बताउंदै आएकी छन् । 

यता आजै बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी परेको बुझिएको छ । बस्नेतलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी प्रकरणमा प्रतिवादी बनाएर एक महिलाले हुलाकमार्फत् जाहेरी दिएको बताइएको छ ।

टिप्पणीहरू