मध्यराति स्वदेश, फेरि तुरुन्तै विदेश
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत दुबई गएका छन् । उनी आज बिहान फ्लाई दुबईको उडानबाट त्यता प्रस्थान गरेका हुन्।
हिजोराति हङकङ हुँदै जापानबाट स्वदेश फर्केका उनी आज बिहान फ्लाई दुबईको एफजेड ११३४ को उडानमा दुबई उडेको बताइएको छ । राउत चैत २१ गते हङकङ हुँदै जापान पुगेका थिए ।
क्याथे प्यासेफिकको उडानबाट जापान गएका उनी हिजो राति १० बजे सोही उडानको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
केही महिना अघि अमेरिकाको लामो भ्रमण गरेका राउत पछिल्लो दिनमा लगातार विदेश भ्रमण गरिरहेका छन् । यसैबीच केही घण्टाको निम्ति काठमाडौं ओर्लेर पुनः विदेश लाग्नुलाई अर्थपूर्ण ठानिएको छ ।
टिप्पणीहरू