राप्रपाले निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा निकालेको जुलुस र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको बताइएको छ ।
राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत फागुन ९ गते ४० बुँदे मागपत्र बुझाएको र सोको कार्यान्वयनको निम्ति आन्दोलन थालेको छ । आफ्ना माग पूरा गराउन दबाब सिर्जनाका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज राप्रपाले राजधानी केन्द्रित जनप्रदर्शन गरिरहेको छ ।
सोही क्रममा भद्रकालीबाट माइतीघरतर्फ जान प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । प्रहरीले दुई सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरे
टिप्पणीहरू