पर्यटनमन्त्री भोलि, गृहमन्त्री पर्सि ठमेल जाने

पर्यटनमन्त्री भोलि, गृहमन्त्री पर्सि ठमेल जाने

नयाँ वर्षको अवसरमा ‘ठमेल सडक महोत्सव’ आयोजना हुने भएको छ । 

त्रिदेवी मार्गस्थित कर्मचारी सञ्चयकोष अगाडि भोलि साँझ ६ बजे महोत्सवको औपचारिक उद्घाटन गरिँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक ठमेल पर्यटन विकास परिषदले जानकारी दिएको छ । 

पर्यटन क्षेत्रसम्बद्ध विभिन्न निकायका पदाधिकारीहरु पनि महोत्सवमा सहभागी हुने परिषद्का अध्यक्ष भाविश्वर शर्माले बताए । त्यस्तै, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुल्ला गरिने उनले जानकारी दिए । 

गृहमन्त्री रवि लामिछानेले पर्सि ठमेलमा आयोजना हुने विशेष कार्यक्रममा सहभागिता जनाएर ठमेल २४ सै घण्टा खुला रहेन घोषणा गर्ने छन् ।

‘भोलिको महोत्सवमा पर्यटन क्षेत्रसम्बद्ध पदाधिकारीहरु उपस्थित हुनुहुन्छ । वैशाख १ गते हामीले फुड फेस्टिबलसहितको कार्यक्रम राखेका छौं । सो कार्यक्रममा गृहमन्त्रीले स्वयम् उपस्थित भएर ठमेल र दरबारमार्ग २४ सै घण्टा खोल्ने घोषणा गर्ने तय भएको छ’, अध्यक्ष शर्माले भने ।

टिप्पणीहरू