सांसदले मन्त्री खोजेपछि बैठक स्थगित
राष्ट्रिय सभाको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी' संकल्प प्रस्तावमाथिको छलफलमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपस्थित नभएको भन्दै प्रस्तावकर्ता सांसदले आपत्ति जनाएपछि आजै केहीबेरमा बस्नेगरी बैठक रोकिएको हो ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले १० मिनेटभित्र बैठकमा आउँछु भनेकाले केहीबेरका लागि बैठक स्थगित गरिएको सभाध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।
बैठकमा सांसद कमला पन्तले सो संकल्प प्रस्ताव पेश गर्नुभएको हो । प्रस्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाम ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक छन् ।
टिप्पणीहरू