पूर्वराजदूत शाक्यलाई सांसद बनाउने सरकारको निर्णय
![पूर्वराजदूत शाक्यलाई सांसद बनाउने सरकारको निर्णय](https://janaaastha.prixacdn.net/media/albums/anjan-shakya_bFFs2ko8lv.jpg)
सरकारले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज बसेको क्याविनेट बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । ‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ बैठकपछि उहाँले भन्नुभयो ।
यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी शाक्य एमाले विदेश विभाग सदस्य हुन् । केपी ओली प्रधानमन्त्री भएका बेला राजदूत भएकी उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि भएकी थिइन् ।
टिप्पणीहरू