यी हुन् क्याविनेट बैठकका पाँच निर्णय

यी हुन् क्याविनेट बैठकका पाँच निर्णय

सुन्तलाले राष्ट्रिय फलको मान्यता पाएको छ । आज बसेको क्याविनेट बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको हो । 

क्याविनेट बैठकले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकराी नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ । वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

अमेरिकाको ओहोयो राज्यका लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने क्याविनेटको अर्को निर्णय छ । त्यस्तै, बैठकले संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

पूर्वराजदूत डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने क्याविनेट बैठकको निर्णय छ ।

टिप्पणीहरू