शुभकामना आदानप्रदानसँगै नयाँ वर्ष मनाईंदै

शुभकामना आदानप्रदानसँगै नयाँ वर्ष मनाईंदै
सुन्नुहोस्

आजदेखि नयाँ वर्ष २०८१ प्रारम्भ भएको छ । हिजैदेखि सामाजिक सञ्जालमा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको छ। 

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज शुभकामना दिनुभएको छ । नयाँ वर्षको पहिलो दिन आज मुलकभर र विदेशस्थित कूटनैतिक नियोगहरुमा सार्वजनिक बिदा दिइएको छ । 

आजको दिन नयाँ कामको थालनी गर्ने प्रचलन छ । बिहानैदेखि हिन्दू धर्मावलम्बीहरु मठ मन्दिरमा पूजा आरधना गर्न पुगेका छन् ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम संवत् भनिएको हो । यो मल्लकालदेखि नेपालमा मौलिक संवतका रूपमा चल्दै आएको हो ।

टिप्पणीहरू