गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा

गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुग्नुभएको छ । गाउँ पालिकाको प्रशासकीय भवन उद्धघाटनका लागि उहाँ आज बिहान त्यता जानुभएको हो।

राष्ट्रपति पौडेलले म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका-११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तनहुँमा कार्यक्रम सकाएर उहाँ आजै म्याग्दी जानुहुनेछ । 

नेपाली सेनाको ‘९एन–आरएएम’ अगस्टा कल साइन भएको हेलिकप्टरमा राष्ट्रपतिसहित ९ जनाको टोलि बिहान साढे ९ बजे काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।

टिप्पणीहरू