प्रधानमन्त्री पुगेपछि विस्फोट, सुरुङ मार्गको ‘ब्रेक थ्रु’
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ भएको छ । उहाँ पुगेपछि सुरुङको दुई मिटर भाग खुलाउन विस्फोट गराइएको थियो ।
काठमाडौंको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको दुई हजार ६ सय ६७ मिटर छ । उक्त मार्गमा सवारी साधन सुचारु गर्न अझै एक वर्ष लाग्ने जानकारी दिइएको छ ।
टिप्पणीहरू