पाथीभरा क्षेत्रमा मादक पदार्थ निषेध

पाथीभरा क्षेत्रमा मादक पदार्थ निषेध

ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथिभरा मन्दिर क्षेत्रमा मादक पदार्थ ओसारपसार, बिक्रीवितरण तथा सेवन गर्न नपाइने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले मन्दिर वरपर मदिराजन्य वस्तु ओसारपसार, बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको हो । 

मन्दिर दर्शन गर्न आउने भक्तजनको शान्तिसुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै काफ्लेपाटीसहित सोभन्दा माथिल्लो क्षेत्रमा रहेका होटल तथा पसलहरुमा मदिराजन्य पदार्थ पूर्ण रुपमा निषेध गरिएको समितिले जनाएको छ । 

समितिका अनुसार गत वैशाख ४ गतेदेखि सो व्यवस्था लागू गरिएको छ । कसैले मदिराजन्य पदार्थको ओसारपसार, बिक्रीवितरण र सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने समितिको चेतावनी छ ।

टिप्पणीहरू