दोहाबाट निस्केर काठमाडौं आउँदै कतारका अमिर

दोहाबाट निस्केर काठमाडौं आउँदै कतारका अमिर

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका छन् । आज दोहाबाट निस्कने उनी पर्सि काठमाडौं आइपुग्ने कार्यक्रम छ । अमिर नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

अमिर नेपाललगायत फिलिपिन्स र बंगलादेशको भ्रमणमा आज निस्कन लागेका छन् । अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्धनसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारका अमिरबाट नेपालको पहिलो पटक भ्रमण हुन लागेको हो ।

टिप्पणीहरू