बझाङमा पनि भोट गणना शुरु

बझाङमा पनि भोट गणना शुरु

बझाङ-१ को प्रदेशसभामा हिजो भएको उपनिर्वाचनको मत गणना शुरु भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिउँसोदेखि मत गणना गर्न थालेको जानकारी दिएको हो । अहिले सदरमुकामस्थित जिल्ला अदालतको भवनमा गणना भैरहेको छ । 

छबिसपाथीभेरा गाउँपालिका क्षेत्रको मत गणना भइरहेको जनाइएको छ । चरण चरणमा माइकिङ गरेर परिणाम सुनाउने प्रबन्ध मिलाइएको छ ।

उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मतदान भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

टिप्पणीहरू