काँग्रेसका अभिषेकलाई उछिन्दै माओवादीका बूढा दोस्रो स्थानमा

काँग्रेसका अभिषेकलाई उछिन्दै माओवादीका बूढा दोस्रो स्थानमा

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता फराकिलो पार्दै जाँदा काँग्रेसका अभिषेक सिंह तेस्रो स्थानमा झरेका छन् । 

जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाबाट गणना भएकोमा शुरुबाटै अग्रता लिइरहेका भण्डारीले १५९२ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा ९९९ मतसहित दोस्रो छन् । 

तेस्रो स्थानमा रहेका काँग्रेसका सिंहले ९५५ मत पाउँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार ५७२ मतसहित चौथो स्थानमा छन् । यहाँ अन्य उम्मेदवार भने प्रतिस्पर्धामा देखिएका छैनन् ।

टिप्पणीहरू