एकीकृत समाजवादीका सचिवको टिप्पणी : चुनावी परिणामले अचम्मित छैनौँ

एकीकृत समाजवादीका सचिवको टिप्पणी : चुनावी परिणामले अचम्मित छैनौँ

पछिल्लो उपचुनावमा आफ्ना उम्मेदवारले धरौटी जोगाउन नसकेको स्थितिलाई नेकपा एकीकृत समाजवादीले स्वाभाविक रुपमा लिएको छ । पार्टी सचिव जीवनराम श्रेष्ठले स्थानीय तहसम्म संगठन नहुनाले अपेक्षाकृत परिणाम नआएको र त्यसलाई आफूहरुले अस्वाभाविक नठानेको प्रतिक्रिया दिएका हुन् । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सबै स्थानीय तहसम्म पार्टी संगठन नहुनाले बझाङ र इलामको उपनिर्वाचनमा हार व्यहोर्नुपरेको बताए । पार्टीको अवस्थाअनुसार मत परिणाम धेरै फरक भएको रुपमा आफूहरुले नलिएको पनि श्रेष्ठको भनाई छ । 

‘जुनखालको मत परिणामहरु छ । त्यसमा हामी अहिले पार्टी निर्माणको अभियानमा छौँ । विगतमा हामी गठबन्धनको माध्यमबाट निर्वाचनमा गएका थियौँ । हामी भर्खरै विद्रोह गरेर स्थापना भएका पार्टी भएको हुनाले हाम्रो पार्टी स्थानीय तहसम्म सबै ठाउँमा व्यवस्थित भएको अवस्थाहरु छैन’म उनले भने, ’कतिपय हामीले अपेक्षा गरेकोभन्दा फरक खालका परिणामहरु आएका छन् । जुन अपेक्षाकृत हो, त्योअनुसार नभएपनि हाम्रो जुनखालको अवस्था छ त्यसमा हामीले त्यतिधेरै एकदमै आशातितभन्दा एकदमै फरक भयो भन्ने ढंगबाट लिएका छैनौँ,’ उनले आज भने ।

पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले पार्टीको पराजयमा संगठन सँगसँगै राष्ट्रिय राजनीतिक परिस्थिति र सत्ता समीकरण पनि जिम्मेवार रहेको बताएका छन् । ‘राष्ट्रिय राजनीतिको परिस्थितिको कुरा पनि छन् । अहिले हामी सत्ता साझेदारको रुपमा रहेका छौँ । त्यसो हुँदाखेरीपनि प्रभावित हुने काम भएको छ । सत्ता साझेदार दलहरु पनि छुट्टाछुट्टै निर्वाचनमा गयौँ । तर त्यसरी जाँदा पनि अहिलेको राष्ट्रिय राजनीतिलाई, अहिलेको सत्ता समीकरणको निरन्तरताका कुराहरु र राजनीतिक स्थिरताका कुराहरुलाई ध्यान दिएर मतदानको अवस्था बनेका छन् कतिपय अवस्थामा’, उनले भने ।

टिप्पणीहरू