एमाले तयार नभएपछि सुदूरपश्चिमका मुख्यमन्त्री अप्ठेरोमा

एमाले तयार नभएपछि सुदूरपश्चिमका मुख्यमन्त्री अप्ठेरोमा
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले आज पनि विश्वासको मत लिन सकेनन् । सोही प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक आज पुनः स्थगित गरिएको छ । 

सोडारीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि बैठक स्थगन भएको हो । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेताहरूसँग परामर्श गर्न काठमाडौं आएका छन् । अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसँग छलफल गरेपछि मात्र विश्वासको मतबारे निर्णय गरिने एमालेका स्थानीय नेताले बताएका छन् ।
 

टिप्पणीहरू