गण्डकीमा राप्रपा तटस्थ, मुख्यमन्त्रीलाई सकस

गण्डकीमा राप्रपा तटस्थ, मुख्यमन्त्रीलाई सकस
सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएको भएको छ । 

मुख्यमन्त्री खगराज अधिकारीले आज लिन लागेको विश्वासको मत सम्बन्धमा राप्रपाले तटस्थ बस्ने तयारी गरेको छ । सरकार गठनका लागि निर्णायक देखिएको दुई सिटको राप्रपा तटस्थ रहे मुख्यमन्त्रीलाई बहुमत नपुग्ने निश्चित छ । 

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सिट चाहिन्छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादीका सभामुखबाहेक सात र एक स्वतन्त्र सांसद छन् । प्रतिपक्षी काँग्रेससँग २७ सीट छ ।

चैत २५ गते सभामुख कृष्णप्रसाद धितालसहितको समर्थनमा एमाले नेता अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई समेत गणना गरेर उनी मुख्यमन्त्री भएको जनाउँदै त्यसविरुद्ध काँग्रेस नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट हालेका थिए । 

चैत २८ गते सर्वोच्चले उक्त रिट खारेज गर्दै प्रदेशसभाबाटै विश्वासको मत पुष्टि गर्न आदेश दिएपछि अधिकारी ‘कामचलाउ मुख्यमन्त्री’ को हैसियतमा छन् । अदालतको आदेशपछि उनले आज विश्वासको मत लिन लागेका हुन् ।

तर, राप्रपा तटस्थ बसिदिँदा र सभामुख मतदान प्रक्रियामा सहभागी नहुँदा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ सांसद जुट्ने अवस्था देखिँदैन ।

टिप्पणीहरू