सिंहदरबारमा क्याबिनेट बैठक जारी, उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

सिंहदरबारमा क्याबिनेट बैठक जारी, उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अधिकांश मन्त्री र मुख्य सचिवको उपस्थिति छ । 

तर पार्टी विभाजनको पीडा भोगिरहेका अर्का उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भने क्याबिनेट बैठकमा अनुपस्थित रहेको बताइएको छ ।

टिप्पणीहरू