गृहमन्त्रीलाई बोल्न दिने काँग्रेसको निर्णय

गृहमन्त्रीलाई बोल्न दिने काँग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । काँग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ ।

आजदेखि शुरु हुने बजेट अधिवेशनमा पनि काँग्रेसले उक्त माग राख्ने बताउँदै आएको छ । संसदको आजको बैठकमा लामिछानेलाई पार्टी सभापतिका हैसियतले सदनमा बोल्न दिन काँग्रेस तयार भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू