तोडफोडमै जोड्, राजनीतिले लिन थाल्यो फेरि नयाँ मोड

तोडफोडमै जोड्, राजनीतिले लिन थाल्यो फेरि नयाँ मोड

जसपा,नेपाल नेतृत्वको मधेश प्रदेश सरकार संकटमा परेको छ । सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेका छन्  भने उपप्रधानमन्त्री उपेन्द्र यादवलाई समेत आजभोलि नै सत्ता छाड्न भनिसकिएको अवस्था छ ।

एमालेका चार मन्त्री र दुई राज्यमन्त्रीले अपराह्न मुख्यमन्त्री निवास पुगेर राजीनामा पत्र बुझाएका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारीसमेत दिइसकिएको छ ।

अब कोशी,कर्णालीपछि त्यहाँ  पनि एमालेले मुख्यमन्त्री लिने सम्भावना छ । 

एमालेबाट सरोजकुमार यादव भौतिक, राजकुमार लेखी गृह तथा सञ्चार,प्रमोद जयसवाल शिक्षा र शत्रुधनप्रसाद सिंह स्वास्थ्यमन्त्री थिए । त्यस्तै,राज्यमन्त्री रहेका केशव राय र शारदादेवी थापाले पनि सँगै राजीनामा दिएका छन् ।

 

त्यस्तै,माओवादी केन्द्रका मन्त्रीहरुले पनि राजीनामा दिएर समर्थन फिर्ताको पत्र बुझाएका छन् । माओवादी संसदीय दलका नेता भरतप्रसाद साह र उपनेता युवराज भट्टराईले अपराह्न मुख्यमन्त्रीलाई राजीनामा पत्र र प्रदेश प्रमुखलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् । अब कोशी,कर्णालीपछि त्यहाँ  पनि एमालेले मुख्यमन्त्री लिने सम्भावना छ ।

टिप्पणीहरू