कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले विस्वासको मत नदिने, सुदूरपश्चिममा शुक्रबारभित्र लिनैपर्ने

कोशीका मुख्यमन्त्रीलाई नेकपा एसले विस्वासको मत नदिने, सुदूरपश्चिममा शुक्रबारभित्र लिनैपर्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिन लागेका छन् । प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको हिजोको बैठकले आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको थियो ।
 

कार्की गत बिहीबार कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन् । चार जना प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादीले विश्वासको मतको प्रक्रियामा सहभागी नहुने जनाएको छ । राप्रपाले पनि आज दिउँसो मात्रै निर्णय गर्ने भनिएको छ ।

प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् । बहुमतका लागि ४७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

उता सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी शुक्रबारसम्म विश्वासको मत लिनैपर्ने अवस्था छ । उनी पनि तेस्रो पटक विश्वासको मत माग्ने तयारीमा छन् । सोडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटपछि आगामी बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् ।

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । एमालेले विश्वासको मत नदिने अडान लिएपछि बैठक अनिश्चित समयका लागि स्थगित गरिएको थियो । एमालेले अझै विश्वासको मतबारे निर्णय गरिसकेको छैन ।

टिप्पणीहरू