बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

बागमती प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सुन्नुहोस्

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्नेगरी अधिवेशन आह्वान गर्नुभएको हो । 

आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिव कृष्णहरि खड्का अनुसार बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ । 

आज बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको कार्यसूची तय गरेको हो । यो अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित हुनेछ ।

टिप्पणीहरू