संसदीय छानबिन समिति गठन ‘बटमलाइन’ : काँग्रेस पदाधिकारी बैठक
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नैपर्ने अडान दोहोर्याएको छ । काँग्रेसको पदाधिकारी बैठकले भोलिका लागि तोकिएको नीति कार्यक्रम संसदमा पेस हुन नदिने चेतावनी सरकारलाई पुनः दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यथास्थितिमा सदन चल्न नदिने निष्कर्ष निकालेको बताइन्छ । काँग्रेसका अनुसार आज साँझसम्म सरकारले समिति गठनको प्रयास गर्नुपर्ने छ ।
यसबारे भोलि बिहान बस्ने संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने जनाइएको छ । भोलि दिउँसो ३ बजे संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू