उपेन्द्र बाहिरिएपछि सरकारमा जान जसपाको आन्तरिक तयारी
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन आन्तरिक तयारी गरेको छ । पार्टीले सम्भावित मन्त्रीको नाम टुंगो लगाएको बताइएको छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री दीपक कार्कीले आज राजीनामा दिएसँगै जसपाले सरकारमा सहभागिताको लागि आवश्यक तयारी गरेको हो । अघिल्लो साता सात जना सांसद जसपा नेपालबाट अलग भएपछि जसपा गठन भएको हो ।
प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डसमक्ष बुझाइएको नाममा प्रदीप यादव, रञ्जु झा र हसिना खान हुन् ।
टिप्पणीहरू