आयोग र सात सांसदविरुद्ध सर्वोच्च पुगे उपेन्द्र

आयोग र सात सांसदविरुद्ध सर्वोच्च पुगे उपेन्द्र
सुन्नुहोस्

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आज बिहान उपप्रधान एवम् स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिएसँगै यादवले सर्वोच्च पुगेर रिट दायर गरेका हुन् । 

गतसाता जसपा नेपालबाट अलग भएर अशोक राईलगायतले आयोगमा जनता समाजवादी पार्टी दल दर्ताको निवेदन पेश गरेका थिए । आयोगले भोलिपल्टै जसपालाई मान्यता दिएपछि यादवले सोही विषयमा आयोग र सात सांसदविरुद्ध रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

उनले जनआस्थासँग भने, ‘उहाँहरुले निर्वाचन आयोग र सात सांसदविरुद्ध रिट दायर गर्नुभएको हो । दर्ता भइसकेको छ ।’ यादवको रिटमा भोलिका लागि पेशी तोकिएको छ । 

यता जसपाले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम समेत टुंगो लगाइसकेको छ । प्रदीप यादव, रञ्जु झा र हसिना खान मन्त्री बन्न लागेको बताइएको छ ।

टिप्पणीहरू