नीति तथा कार्यक्रम ३ बजे, रिहर्सल ११ बजे

नीति तथा कार्यक्रम ३ बजे, रिहर्सल ११ बजे
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज दिउँसो संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । उहाँले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसअघि बिहान ११ बजे राष्ट्रपति संसद भवन आइपुग्दा, सम्बोधन गर्दा र संसद भवनबाट फिर्ता हुँदाको अवस्थामा गरिने स्वागत, आतिथ्य र बिदाईको निम्ति रिहर्सल कार्यक्रम राखिएको छ । संसद सचिवालयले रिहर्सलको कार्यक्रम  संसद भवन नयाँ बानेश्वरमा राखिएको जनाएको छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले साढे १२ बजे प्रमुख दलका प्रमुख सचेतकहरुसँग आफ्नै कार्यकक्ष, संसद भवनमा छलफल कार्यक्रम राख्नुभएको छ । त्यसपछि १ बजे शंकर हल नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्ने जनाइएको छ ।

टिप्पणीहरू