समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने सरकारको प्रतिवद्धता
समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्दै समाजिक न्यायसहित संमृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय कार्यभार पूरा गर्न सरकारले प्रतिवद्धता जनाएको छ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत उक्त कार्यभार सम्पन्न गर्ने बताएको हो ।
आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो ।
‘वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय पूरा गर्न प्रतिवद्ध छ', उहाँले भन्नुभयो, 'नेपाली जनताको सुख, समुन्नतिका लागि संंघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।'
त्यस्तै, संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रणलाई पनि सरकारले मुख्य प्राथमिकतामा राखेको छ । राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताउनुभयो ।
टिप्पणीहरू