सरकारद्वारा कृषिमा लगानी दशक घोषणा

सरकारद्वारा कृषिमा लगानी दशक घोषणा

सरकारले आगामी वर्षबाट 'कृषिमा लगानी दशक' शुरु गर्ने घोषणा गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको हो । आर्थिक वर्ष २०८१-०८२ बाट कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने सरकारको नीति राष्ट्रपतिले संसदमा सुनाउनुभयो । 

त्यस्तै, प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गर्ने नीति पनि सरकारले लिएको छ । राष्ट्रपति पौडेलले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने बताउनुभयो ।

नीति तथा कार्यक्रममा कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने पनि उल्लेख गरिएको छ । त्यस्तै, बिउबिजनमा आत्मनिर्भर हुने सरकारको नीति छ ।

टिप्पणीहरू