सरकारले आफ्नै भूउपग्रह स्थापना गर्ने

सरकारले आफ्नै भूउपग्रह स्थापना गर्ने

सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने भएको छ । 

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै भूउपग्रह स्थापना गर्ने योजना समावेश गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने बताउनुभयो । 

‘दुर्गम र विकट क्षेत्रमा भूउपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिनेछ । साईबर सुरक्षासम्बन्धी अनुसन्धान, प्रतिकार्य तथा जनचेतना अभिवृद्धि कार्यलाई प्रभावकारी बनाउन तहगत व्यवस्था गरिनेछ', उहाँले भन्नुभयो, 'नेपालको आफ्नै भूउपग्रह स्थापना गर्ने कार्य अघि बढाइनेछ ।’  

त्यस्तै, डिजिटल साक्षरता विकास गरी महिला, अल्पसंख्यक एवं पिछडिएको वर्ग, क्षेत्र र समूदायको सूचना प्रविधिमा पहुँच बिस्तार गर्ने सरकारको नीति छ ।

टिप्पणीहरू