‘रवि दाइ, खै जिबी राई’ भन्नेहरुद्वारा सडक अस्तव्यस्त
नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको विरोध कार्यक्रमका कारण राजधानीको भित्री भागमा आज बिहान लामो समय ट्राफिक जाम भएको छ । कार्यालय समयमा आयोजित प्रदर्शनले विभिन्न प्रयोजनमा गुडेका सवारी साधन सडकमा झण्डै दुई घण्टासम्म रोकिएका हुन् ।
त्रिचन्द्र क्याम्पस बाहिर ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार’ विरुद्ध खबरदारी प्रदर्शन गरिँदा यात्रुलाई गन्तव्यसम्म पुग्न कठिन भएको बताइन्छ । संघका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा आयोजित कार्यक्रममा विभिन्न नारा लगाइएको थियो ।
उनीहरुले प्लेकार्डमा ‘सहकारी ऐन पढ्न त्रिचन्द्र आउनुस् रवि दाइ’, ‘केपी ओली सहकारी ठगको प्रवक्ता’, ‘रवि दाई खै जीबी राई’ नारा लेखेर प्रदर्शन गरेका थिए ।
नाराबाजी गर्दै राष्ट्रिय सभागृह नजिकै पुगेकाहरुमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको संघले बताएको छ ।
टिप्पणीहरू