दुई वर्षपछि पुन: मत गन्ने,भएको मेयरले के गर्ने ?

दुई वर्षपछि पुन: मत गन्ने,भएको मेयरले के गर्ने ?

तनहुँको व्यास नगरपालिकामा दुई वर्षअघि सम्पन्न निर्वाचनको पुनः मतगणना गर्नुपर्ने भएको छ । 

निर्वाचनको वैधतामाथि प्रश्न उठाउँदै पराजित उम्मेदवार तथा पूर्व गृह र शिक्षा मन्त्री गोविन्दराज जोशीका छोराले दायर गरेको रिटमा उच्च अदालत पोखराले मत गणना गर्न हिजो आदेश दिएको हो । 

स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले पुनः मतगणनाको माग गर्दै २०७९ जेठ १२ गते उच्च अदालतमा रिट दिएका थिए । मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले हिजो उक्त फैसला गरेको हो । 

सो निर्वाचनमा कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग एमालेको समर्थनप्राप्त दिपकराज जोशी २ सय ५२ मतले हारेका थिए । विजेता बैकुण्ठले १२ हजार ७८ र निकटतम प्रतिष्पर्धी दीपकराजले ११ हजार ८२६ मत पाएका थिए । 

रिटकर्ताले चुनावमा व्यापक धाँधली भएको जिकिर गर्दै पुन: मत गणनाको आदेश मागेका थिए । उच्च अदालतले दाबीअनुसारै निर्णय दिएपछि निर्वाचन आयोगले फेरि मतगणना गरेर नतिजा प्रकाशन गर्नुपर्ने भएको छ ।
 

टिप्पणीहरू