सन्दीपले सफाइ पाएपछि क्यानको बैठक बस्दै

सन्दीपले सफाइ पाएपछि क्यानको बैठक बस्दै
सुन्नुहोस्

अदालतले बलात्कार मुद्दामा सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्किने बाटो खुलेको छ ।

जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेसँगै उनी राष्ट्रिय टोलीबाट निलम्बनमा परेका थिए । आज उच्च अदालत, पाटनले जिल्लाको फैसला बदर गर्दै सन्दीपलाई सफाई दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जाहेरवालाको दाबी नपुग्ने ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्यापछि सन्दीप अब निर्दोष ठहर भएका छन् । 

योसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बोर्ड बैठक राखेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने तयारी गरेको छ । क्यान बैठकले उनलाई टोलीमा राख्ने निर्णय गरेको खण्डमा टी–२० विश्वकप खेल्न पाउनेछन् ।

टिप्पणीहरू