पर्यटनमन्त्री निगम मुख्यालयमा, गृहमन्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा

पर्यटनमन्त्री निगम मुख्यालयमा, गृहमन्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा
सुन्नुहोस्

संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको मुख्यालय निरीक्षण गर्नुभएको छ । उहाँले आज बिहान नयाँ सडक गेट नजिकै रहेको निगम कार्यालय निरीक्षणमा जानुभएको बताइएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा जानुभएको थियो । उहाँले विमानस्थलको आगमन र प्रस्थान कक्षको निरीक्षण गरेपछि अध्यागमनका विषयमा छलफल गर्नुभएको अध्यागमन कार्यालय स्रोतले जनाएको छ । छलफलको क्रममा उहाँले विशेष निर्देशन दिनुभएको बुझिएको छ ।

गृहमन्त्री लामिछाने एअर अरेबियाको उडानमा साउदी अरबको मक्का मदिनामा हजका लागि जान लागेका डेढ सय नेपाली मुस्लिम हजयात्रीको बिदाईका लागि हिजो साँझ विमानस्थल जानुभएको थियो । उहाँसँगै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक जगन्नाथ निरौला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नरबहादुर थापा, सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरी शर्मापोखरेललगायत त्यहाँ पुगेका हुन् । 

टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दुवै तर्फको अध्यागमन तथा सिसिटिभी कक्षलगायतको निरीक्षण समेत गरेको थियो ।
 

टिप्पणीहरू