संसदमा कांग्रेस र एमाले आमनेसामने, सांसदहरुको धकेलाधकेल
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा आज पनि नाराबाजी गरेका छन् ।
बैठक शुरु भएलगत्तै सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउन थालेपछि कांग्रेस सांसदहरु वेल घेराउ गर्दै नाराबाजीमा उत्रिए । उनीहरुले 'संसदीय छानबिन समिति गठन गर', 'सहकारी पीडितहरूलाई न्याय दे', 'सहकारी ठगलाई कारबाही गर' जस्ता नारा लगाए ।
नाराबाजीकै बीच सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनावग्रस्त बन्यो । काँग्रेस सांसदहरुले रविलाई रोष्टममा जानबाट रोक्न खोज्दा एमाले अध्यक्ष केपी ओलीसहित सो पार्टीका सांसदहरु प्रतिकारमा उत्रिएपछि धकेलाधकेल भएको थियो ।
त्यसपछि सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।
टिप्पणीहरू