राष्ट्रिय सभामा हुन सकेन छलफल, प्रतिनिधि सभामा झन् अलमल

राष्ट्रिय सभामा हुन सकेन छलफल, प्रतिनिधि सभामा झन् अलमल
सुन्नुहोस्

राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक पर्सि आइतबारसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

आज दिउँसो साढे १ बजेबाट बैठक सुरु भएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नाराबाजी गरेको थियो । त्यसपछि सभाध्यक्ष दाहालले बैठक पाँच मीनेटका लागि स्थगित गर्नुभयो । काँग्रेसले अवरोध कायम राखेपछि बैठक पर्सि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिनिधि सभामा पनि नेपाली कांँग्रेसको अवरोध हटेको छैन । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धानको निम्ति संसदीय छानबिन समिति बनाउनुपर्ने नेपाली प्रमुख प्रतिपक्षी दलको अडान कायम छ । 

त्यसबारे थप छलफल गर्न काँग्रेसले आज बिहान संसद् भवनको लोत्से हलमा विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको थियो । बैठकमा राप्रपा, जसपा नेपाल, लोसपालगायतले काँग्रेसको मागलाई समर्थन जनाइसकेका छन् । 

संसद्को अवरोध हटाउनबारे थप छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुलाई बालुवाटारमा बोलाउनुभएको बताइएको छ । दलहरुमा देखिएको तीव्र मतभेद र ध्रुवीकरणले आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै शुरु भएको छैन ।

टिप्पणीहरू