‘सहकारी ठगलाई कारबाही गर’ भन्नेहरु संसद् भवन छेउबाट पक्राउ

सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरु संसद भवन बाहिरबाट समातिएका हुन् । 

संसदीय समिति गठनका लागि सरकारलाई दबाब दिन केही दिनदेखि सडकमा उत्रिएका नेविसंघका कार्यकर्ताले आज पनि ‘जीबी राई खोइ ?’, ‘सहकारी ठगलाई कारबाही गर’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रदर्शनमा सहभागी एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू