सुवाषको ठाउँमा अशोक, तोसिमा एमालेप्रति कोमल

सुवाषको ठाउँमा अशोक, तोसिमा एमालेप्रति कोमल
सुन्नुहोस्

दुई तिहाइ नजिकको नेपाल कम्युनिष्ट पार्टी जोगाउन नसक्ने एमाले अध्यक्ष खड्गप्रसाद ओलीबाट अन्य दललाई टुटफुट गर्ने योजना कार्यान्वयन शुरु भएको छ । यसको सुरुवाती शिकार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भइसकेको छ । सुवास नेम्वाङको निधनपछि एमालेमा आदिवासी जनजातिको नेतृत्व खड्किएको र भएकै पृथ्वीसुब्बा गुरुङ पनि बेलाबेला रड्किने गरेका कारण राईलाई एमालेभित्र ल्याउने तयारीसाथ जसपा नेपाललाई फुटाइएको आशंका छ ।

यसैगरी जसपा नेपाल टुक्र्याएपछि मिसन ८४ को ‘प्लान बि’अनुसार एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीलाई शिकार गरिन सक्छ । यसका लागि सो पार्टीका जल्दाबल्दा नेता तथा कार्यकर्तासँग संवाद र सहकार्यलाई अघि बढाइएको बताइन्छ । यसबीच अनेकन काण्डमा फसेका रवि लामिछानेको समर्थनमा बोलेजस्तो गरी सो दललाई पूरै बदनाम गराउने र रसातलमा पु¥याउने योजनामुताविक हाल उफारेको उफा¥यै गर्ने र पछि पाहाझैँ पछार्ने योजना रहेको बारे विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराईबीच चर्चा चल्ने गरेको च्यासलतिर सुनिन्छ । लामिछानेकै आडमा बनेको रास्वपा र स्वयं रवि नै सहकारी ठगी, पासपोर्ट र अन्य विभिन्न प्रकरणमा नाम जोडिँदा पनि सत्ता छाड्न नदिने, हामी छँदै छाैँ भन्ने प्रवृत्तिले यसैलाई पुष्टि गरेको स्रोतको दाबी छ ।

लामिछानेको बदमासीलाई ढाकछोप गर्दै हिँड्नुपर्ने भएपछि राम्रो छवि भएका रास्वपा नेता तथा कार्यकर्ता सार्वजनिक छलफल अनि कुराकानी हुँदा नाजवाफका साथै लज्जित हुने गरेका छन् । यसैको फाइदा उठाउँदै भित्रभित्रै संवाद शुरु भएको अवस्था छ । यसैअन्तर्गत गएको संसदीय निर्वाचनमा चितवनको क्षेत्र नम्बर १ बाट एमाले नेता सुरेन्द्र पाण्डेलाई हराउने रास्वपाका युवा नेता तथा सांसद हरि ढकालसँग वार्तालाप शुरु भएको बुझिएको छ । अनेरास्ववियुको सचिव रहिसकेका उनी चुनावताका एमाले छाडेर लामिछानेको रास्वपाबाट चुनाव लड्न गएका थिए ।

त्यसैगरी, ललितपुर–३ बाट विजयी डा. तोसिमा कार्की पनि एमालेतिर सफ्ट कर्नर राख्न थालेकी छन् । उनले त ‘मलाई स्वास्थ्य राज्यमन्त्री बनाएकै लामिछानेले नभएर एमाले अध्यक्ष ओलीले हो’ भन्ने गरेकी छिन् । हुन पनि एमालेबाट पदम गिरी स्वास्थ्यमन्त्री हुँदा रास्वपाबाट जितेकी उनलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको थियो । जुन दलले क्याबिनेट मन्त्री लिन्छन्, सो मन्त्रालयको राज्य वा सहायकमन्त्री नियुक्त गर्दा पनि सोही दलकै सांसद राख्ने प्रचलन तोसिमाको हकमा तोडिएको थियो । अर्कोतर्फ सोही पार्टीका सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठहरू दुवै जना काठमाडौं महानगरका मेयर बालेन साह उठ्ने अवस्था शक्तिशाली देखिए उनकै पक्षबाट उम्मेदवारी दिने पक्षमा छन् । एमालेले राम्रो स्पेस दिए मिसन ८४ मा उतैबाट उठ्ने भित्री तयारी पनि छँदैछ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू