एमालेको यौनकाण्डमा राजीव पहारीको भूमिका
देशकै ठूलो पार्टी एमालेका नेताहरूमा विवादको डंगुुर पनि ठूलै देखिन्छ । युवाबाट अधबैंसेतर्फ उक्लँदै गरेका युवा नेतामा साँस्कृतिक बिचलन आएका कारण पार्टीको प्रतिष्ठामा गम्भीर धक्का पुग्न गएको भन्दै भन्दै चिन्ता पोख्ने अघिल्लो पुस्ताको संख्या बढ्दो छ ।
विद्यार्थी फाँटबाट उदाएका सुदूरपश्चिम एमालेका केन्द्रीय नेता ऐन महरको अश्लील अडियो काण्डले बजार सेलाउन नपाउँदै युवा संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा पोलिटब्युरो सदस्य महेश बस्नेत बाहरवाली शोभा पाठकसँगको लिभिङ टुगेदर काण्डले निम्त्याएको विपत्तिका कारण अर्ध भूमिगत भएका छन् । ‘पुरुषले आँटे वर्ष दिन, महिलाले आँटे एकैछिन’ भनेजस्तै ५ वर्ष लामो बसाइसँगै रमाएका रसिला दिनलाई शोभाको एकैछिनको असमझदारीले मुखै देखाउन नमिल्ने अवस्थामा पुर्याइदिएको छ ।
महेश बस्नेतसँगको सम्बन्धबाट शोभाको पेटमा हुर्कंदै गरेको रक्तबिजलाई तुहाएर फाल्नु कोर टिमको बाध्यता बन्दै गएको थियो । कहिले दिल्लीको गुडगाउँ त कहिले जनकपुर र कहिले सीतामढीमा लगेर भ्रुण हत्या गरिएको र दुई पटकसम्म विष सेवन गरेको बारे शोभाले केन्द्रीय अनुशासन आयोगका अध्यक्षलाई लेखेको निवेदनमा खुलाएकी छन् । गर्भपतन कार्यमा ठाउँपिच्छे फरक–फरक पात्रहरूले सहयोग गरेको पाइएको छ । तीमध्ये पोखरामा ल्याई एबोर्सन गर्ने कार्यमा युवा संघका पूर्व अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य पोखरा बैदामका राजीव पहारीले सहयोग गरेको खुलेको छ । एमाले स्वास्थ्य विभागका सदस्य कपिल पोख्रेलको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा लगी डा. विष्णुलाई चेकअप गराएर ०७८ सालमा शोभा पाठकको गर्भपतन गराइएको थियो ।
गण्डकी प्रदेशका पूर्वसांसद राजीव पहारीको नेक्सस पोखराको सूर्यदर्शन सहकारी काण्डका मतियार महेन्द्र भोटेमार्फत जिबी राईसँग पनि जोडिएको बताइन्छ । युवा संघको अध्यक्ष हुँदा काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको विशेष साधारणसभा बोलाउन लगाई प्रमुख अतिथि बनेका राजीव पहारीको योजनामा महेन्द्र भोटे र जिबी राईले करोडौँ रूपैयाँको अपचलन गरेको विषय कार्यकर्ताले भुलेका छैनन् । उनै राजीवले महेन्द्र भोटेलाई जिबी र रविसँग चिनाएका थिए । हाल उक्त सहकारी बन्द छ भने पोखराको सूर्यदर्शन तहसनहस बनेको छ ।
प्रहरीमा किटानी जाहेरी दिँदासम्म मुद्दा तामेलीमा पठाइएकोमा शोभा पाठकले उच्च अदालत पाटनमा रिट दर्ता गरेलगत्तै १५ दिनभित्र मुद्दा दर्ता नगर्नाको कारणसहित लिखित जवाफ माग गरिएको छ । वैशाख २३ गते न्यायाधीश हेमन्त रावलको इजलासले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र काठमाडौँ प्रहरीसँग कारण माग गरेको हो । नीति निर्माता तहमा हुने राजनीतिमा अपराधीकरणका कारण दण्डहीनताले प्रश्रय पाएको छ । उच्च अदालतको आदेशपछि मुद्दा दर्ता हुने संकेत मिलेको छ । आफूलाई निर्भीक र न्याय दिने डंका पिट्दै आएका गृहमन्त्री रवि लमिछानेको हुती काठमाडौँ प्रहरीमार्फत देखिइसकेको छ ।
शोभा पाठक एबोर्सन काण्डमा संलग्न एमाले स्वास्थ्य विभागका सदस्य कपिल पोख्रेलले महेश बस्नेत, राजीव पहारीको योजनामा गण्डकी प्रदेश सरकार ढाल्नबाट टिकाउन जनमोर्चाका सांसद खिमबहादुर थापालाई कोरोना पोजेटिभको रिपोर्ट तयार गरी गोप्य क्याबिनमा थुनेर आफ्नै केन्द्रीय उपाध्यक्ष, पत्रकार र प्रशासनका मान्छेलाई समेत भेटघाटमा प्रतिबन्ध लगाएका थिए ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू