वर्तमान सरकार पूरै कार्यकाल रहने एमाले उपाध्यक्षको दाबी
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गर्नुभएको छ ।
आज प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतमाथिको छलफलमा भाग लिँदैं उहाँले सो कुरा बताउनुभएको हो । उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गर्नुभयो ।
सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्रीले पछि हट्नुपर्ने कुनै कारण नभएको पौडेलको भनाई छ । त्यस अवसरमा उहाँले सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गर्नुभयो ।
उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गर्नुभयो ।
टिप्पणीहरू