बोर्डरका एसपी काठमाडौं तानिए
सशस्त्र प्रहरी बल नेपालका एक जना एसपीलाई काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा तानिएको छ ।
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमासमेत पोष्टिङ भएका उनी उता गएको सात महिना मात्रै भएकाले तत्काल काठमाडौंमा तानिँदा अचम्म मानिएको छ । पर्साका एसपी किसन कर्माचार्यलाई यसरी तानिएको हो। अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको हल्ला भएपछि यता तानिएको आरोपमा कुनै सत्यता नरहेको उनले बताए ।
वीरगञ्ज भन्सारको सुरक्षामा खटिएका डिएसपी र एसपी कर्माचार्यबीच खटपट भएपछि हेडक्वार्टरले तान्ने निर्णय गरको भनिएको छ । कर्माचार्य यसबीच दुई साता उपचारको निम्ति काठमाडौं आएका थिए । उनले भने, ‘थाइराइड,सुगर र टन्सिलले दुःख दिएकोले उपचार गर्न काठमाडौं गएको हुँ ।गर्मी बढेर स्वास्थ्यमा असर परकाले सरुवा पनि यसबीचमा भएको छ । मेरो ठाउँमा स्टाफ कलेजकै मेरा ब्याची राधेश्याम धिमाल आउँदै हुनुहुन्छ ।’
तर, वीरगञ्जस्थित सशस्त्र टोलीका केहीले डिएसपीरिजालले सेटिङमा भएको तस्करीको सामान रोकेपछि अवस्था असहज भएको बताएकाछन्। हलचोकस्थित उच्च स्रोत भन्छ, ‘किसन परिबन्दमा परको देखियो।
तस्करहरूले कुराकानीको भ्वाइस रकर्ड छरपस्ट पारकाले उनीमाथि आरोप लागेको हो।’ हेडक्वार्टरबाट पछिल्लो समय सिरहालाई पनि विशेष रुपमा ‘वाच’ गरिएको बताइन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू