कि गगन गिरफ्तार, अन्यथा गृहमन्त्री लामिछाने बर्खास्त !

कि गगन गिरफ्तार, अन्यथा गृहमन्त्री लामिछाने बर्खास्त !
सुन्नुहोस्

गृहमन्त्रीले पक्राउ गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामिछानेलाई नै बर्खास्त गर्नुपर्ने उनको भनाई छ । ‘गृहमन्त्रीले संसदमा नै घोषणा गरेकाले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारवाही गरियोस्’, अगाडि लेखिएको छ, ‘यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारवाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रधानमन्त्री प्रचण्डले तुरून्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।’

प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री लामिछानेले सांसद थापालाई घुमाउरो भाषामा ‘देशद्रोही’ को आरोप लगाएका थिए । लामिछानेले भनेका थिए, ‘देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टलाई बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।’

उक्त प्रसंगमा डा. रावलले आज गृहमन्त्री लामिछानेमाथि नै प्रश्न गरेका हुन् । गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर कसैले पनि ‘अनर्गल’ आरोप लगाउन नपाइने उनको तर्क छ । उनी थप्छन्, ‘ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारवाही होस् ।’
 

टिप्पणीहरू